बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन्।
उनले देशका विभिन्न स्थानमा बढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दे उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिएका छन्।
साथै राष्ट्रपति पोडेलले विपदको यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गरेका छन्। उनले देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्।
प्रतिक्रिया
Facebook Comment