कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी सञ्चालनमा रोक

डिसी नेपाल
१२ असोज २०८१ १९:४७

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

शनिबार साँझ सप्तकोशीमा ५ लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको सतहले पुललाई नाघेपछि  पैदल यात्रुसहित आकस्मिक बाहेकका सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *