झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकालियो

डिसी नेपाल
१२ असोज २०८१ २१:०३

धादिङ । पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकालिएको छ ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको प्रहरीले जानकारी दिएको छ ।

बुटवलबाट काठमाडौं आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलि नसकेको बसबाट ९ शव निकालिएको प्रहरीले जनाएको छ । हाल खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ।

लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन बस र माइक्रो पुरिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *