सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै

डिसी नेपाल
१३ असोज २०८१ ६:४९

सुनसरी। सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ। आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ।

यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो। गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो।

कोशीमा बढाव बढ्दै गएका कारण ब्यारेजको माथिबाटै पानी ओभरफ्लो भएर बगेको जनाइएको छ। अहिले कोशी ब्यारेजमा मानिस र सवारी साधनलाई प्रवेश गर्न रोक लगाइएको छ। यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *