बाढीबाट सुनसरीमा पाँच सय बढी परिवार प्रभावित
सुनसरी। बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए ।
इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उनले बताए।
करेन्ट लागेर मृत्यु
बराहक्षेत्र नगरपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नो सवारी साधन ‘सिटी सफारी चार्ज’गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय भिखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए। विद्युत् ‘सर्ट’ भई निजको घटनास्थलमा नै मृत्यु भएको हो ।
Facebook Comment