हात्तीको आक्रमणमा किसानको मृत्यु

डिसी नेपाल
१३ असोज २०८१ ९:४७

कञ्चनपुर। हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएका थिए । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *