झ्याप्ले खोलाबाट थप ११ शव निकालियो, गोरखाबाट आउँदा हराएको बसका यात्रु हुन सक्ने

डिसी नेपाल
१३ असोज २०८१ ११:२१

काठमाडौं। नागढुंगा नजिकै झ्याप्ले खोलाबाट पुरिएका थप ११ जनाको शव निकालिएको छ। यी शव हिजो भेटिएका माइक्रोबस बाट निकालिएका शवभन्दा फरक र थप हुन् । शव ९ पुरुष र २ जना महिलाको भएको बताइएको छ।

यी शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा हराइरहेको बसका यात्रुहरूको हुन सक्ने आशंका गरिएको छ तर यो पुष्टि हुन सकेको छैन। पहिरो पन्छाउने क्रममा यहाँ पुरिएको एउटा बस फेला परेको थियो जुन बसको अहिलेसम्म पहिचान गर्न सकिएको छैन।

बस निकाल्ने क्रममा शव फेला परेको हो । बस पूरै निकाल्न बाँकी छ र बसको नम्बर प्लेट अझै पुरिएकै अवस्थामा छ। सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । यही ठाउँबाट हिजो २ पुरिएका माइक्रो बस र १४ शव निकालिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *