अलपत्र यात्रुलाई काठमाडौं ल्याउन निर्माणाधीन नागढुंगा सुरुङमार्ग प्रयोग गर्न थालियो

डिसी नेपाल
१३ असोज २०८१ १३:१४

काठमाडौँ । पहिरोले बाटोमा अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याउन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न सुरु गरिएको छ । यो सुरुङमार्गको निर्माण पूरा भइनसकेकोले अहिलेसम्म यसको सार्वजनिक र व्यवसायिक प्रयोग गरिएको थिएन ।

अहिले भने सडकका धेरै स्थानमा पहिरो खसेकोले यात्रु लामो समयसम्म बाटोमा फसेको हुँदा आकस्मिक प्रयोजनका लागि यसलाई प्रयोग गर्न थालिएको हो । सडक बिभाग र चन्द्रागिरि नगरपालिकाको सक्रियतामा यात्रुको उद्दार गर्नका लागि चन्द्रागिरी नगरपालिकाले उपलब्ध गराएको बसबाट सुरुङमार्ग हुँदै यात्रुलाई काठमाडौं ल्याउन थालिएको हो ।

यसअघि आइतबार बिहान दुधको ट्यांकर यो बाटोबाट आउन दिइएको थियो । शनिबार पनि आकस्मिक प्रयोजनका लागि यात्रुलाई उद्धार गर्न यो मार्ग प्रयोग गरिएको थियो । जिउँदो कुखुरा बोकेका गाडीलाई पनि यो बाटो आउन अनुमति दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *