पाल्पाबाट काठमाडौंको लागि छुटेको सम्पर्कविहीन बस नौबिसेभन्दा केही माथि भेटियो

डिसी नेपाल
१३ असोज २०८१ १४:४५

काठमाडौं। पाल्पाबाट पोखरा हुँदै काठमाडौंको लागि छुटेको र सम्पर्कविहीन भएको बस नौबिसेभन्दा केही माथि सुरक्षित अवस्थामा भेटिएको छ । पाल्पाको अंगाहाखोलादेखि पोखरा मुग्लिन हुँदै काठमाडौं आउनका लागि यो बस शुक्रबार बेलुका हिँडेको थियो ।

ग २ ख १५१३ नम्बरको बसका चालक र सहचालक सम्पर्कविहीन भएका थिए । बस रहेको क्षेत्रमा मोवाइल फोनको नेटवर्कमा समस्याका कारण बसमा रहेका यात्रु र चालक दलसँग सम्पर्क हुन नसकेको पाइएको छ । बसमा करिब २० जना यात्रु भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *