नियम परिवर्तनपछि धोनी अर्को सिजन पनि आइपीएल खेल्न पाउने

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी आगामी सिजन पनि आइपीएल खेल्न पाउने भएका छन् । यसअघि आइपीएलको नियमअनुसार उनले आगामी सिजन आइपीएल खेल्न पाउँदैनथे । अब त्यो नियम परिवर्तन भएको छ ।
आइपीएल सुरु हुँदा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ५ वर्ष भइसकेका खेलाडी अनक्याप्ड खेलाडीको रूपमा आइपीएल खेल्न पाउने नियम थियो । तर, २०२१ मा यो नियम हटाएर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ५ वर्ष भइसकेका भारतीय खेलाडी खेल्न नपाउने नियम बनाइयो ।
२०२१ को नियमअनुसार धोनी आगामी सिजन खेल्न पाउँदैनथे किनकि उनले २०२० को अगस्टमा सन्यास लिएका थिए र २०२५ को सिजनमा उनले सन्यास लिएको ५ वर्ष हुन्थ्यो । तर अब उनलाई अनक्याप्ड खेलाडीको रूपमा खेल्न पाउने बाटो खुलेको छ । यदि धोनी आगामी सिजन खेले भने सन्यास लिएर अनक्याप्ड खेलाडी भइसकेपछि आइपीएल खेल्ने उनी पहिलो खेलाडी हुनेछन् ।
Facebook Comment