इङ्ल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

डिसी नेपाल
१४ असोज २०८१ ८:१०

काठमाडौँ । अस्ट्रेलियाले इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।

गएराति सम्पन्न पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई डिएल मेथड अनुसार ४९ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो।

इङ्ल्याण्डले दिएको ३१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाउँदै १६५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो। त्यसपछि खेल हुन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो। जस अनुसार अस्ट्रेलिया ४९ रनले विजयी भयो र सिरिजमा कब्जा गरेको हो।

पाँच खेलको यस सिरिजमा शुरुका २ खेल अस्ट्रेलियाले जितेको थियो भने त्यसपछिका दुई खेल इङ्ल्याण्डले जितेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *