हानी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स

डिसी नेपाल
१४ असोज २०८१ ८:१६

काठमाडौं। भारतका चर्चित र्‍यापर यो यो हनी सिंहले अभिनेत्री हीरा सोहलसँगको प्रेम सम्बन्धलाई अफिसियल गरेका छन्।

अबु धाबीमा आयोजित आइफा अवार्ड २०२४ को ग्रीन कार्पेटमा हानी सिंहले प्रेमिका हीरासँग पोज दिएका थिए। यस क्रममा दुवैको अनुहारमा मिठो मुस्कान पनि देखियो।

हानी सिंहले हिरालाई केही समयदेखि डेट गरिरहेको बताइएको छ। र, दुवैले एकअर्काको हात समातेर आफ्नो सम्बन्धलाई औपचारिकता दिएका छन्। हीराले हानी सिंहसँग पोज दिन हिचकिचाइरहेकी थिइन् तर पछि उनको हात समातेर तस्विरको लागि पोज दिएकी थिइन्। यस क्रममा पापाराजीले जोडीलाई जिस्क्याएका थिए।

हनी सिंहको पहिलो विवाह शालिनी तलवारसँग भएको थियो तर विवाहको ११ वर्षपछि सन् २०२२ मा उनीहरुले सम्बन्धविच्छेद गरेका थिए। यसपछि हानी सिंहले अभिनेत्री टीना थडानीसँग डेट गरे तर त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा दुवै अलग भएका थिए। हानी सिंह र हीराको प्रेम सम्बन्धको चर्चा चलिरहेपनि सार्बजनिक रुपमा एक साथ देखिएको यो पहिलो पटक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *