विपक्षी दलका नेता इजरायलको सरकारमा सामेल

डिसी नेपाल
१४ असोज २०८१ ९:०२

काठमाडौँ । विपक्षी नेता गिदोन सार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारमा सामेल भएका छन् । इजरायलका प्रधानमन्त्री नेतन्याहुले गिदोन सारलाई सरकारमा फर्किएपछि स्वागत गरेका छन् ।

न्यु होप पार्टीका नेता गिदोन सारले देशले अहिले कठिन अवस्थाको सामना गरिरहेको बताउदै यस्तो अवस्थामा देशभक्ति गर्ने सही समय भएको बताए ।

गिदोन सारले वर्तमान समयमा इजरायलको सरकार, एकता र एकतालाई मजबुत बनाउन निकै जरुरी रहेको बताउदै आफुले प्रधानमन्त्री नेतन्याहुको अनुरोध स्वीकार गरेको बताएका छन् ।

उनले आफु कुनै पनि विभागको मन्त्री नभई गठबन्धनमा सामेल भएको बताएका छन् । उनलाई रक्षामन्त्री पदको प्रस्ताव गरिएको बताइएको छ ।

टाइम्स अफ इजरायलका अनुसार गिदोन सार सरकारमा सामेल भएपछि नेतान्याहू सत्तारुढ गठबन्धन विस्तार भएको छ । नेतन्याहुले सारलाई सुरक्षा मन्त्रिपरिषद्मा स्थान दिनेछन्, जसले चलिरहेको युद्धको व्यवस्थापनको निरीक्षण गर्दछ । सार चार सदस्यीय न्यू होप पार्टीको नेतृत्व गर्छन् । उनको प्रवेशपछि सत्तारुढ गठबन्धनमा ६८ सदस्य भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *