ग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं। फ्रान्सका अट्याकिङ मिडफिल्डर एन्टोनी ग्रीजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।
सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्दै ३३ वर्षीय ग्रीजम्यानले सन्यासको घोषणा गरेका हुन्।
हाल स्पेनिस क्लब एटलेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका ग्रीजम्यान २०१४ मा फ्रान्सका लागि डेव्यू गरेका थिए। उनले फ्रान्सका लागि अहिलेसम्म १३७ खेल खेल्दै ४४ गोल गरेका छन्।
फ्रान्सको यू–१९ टिम हुँदै राष्ट्रिय टिममा खेलेका ग्रीजम्यान फ्रान्सलाई २०१८ को विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य थिए। साथै २०२२ को विश्वकपमा उपविजेता हुँदा पनि उनी टिममा थिए।
प्रतिक्रिया
Facebook Comment