क्यानडामाथि ओमानको ८ विकेटको जित

काठमाडौं। जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो।
क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि यस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले १९.५ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो।
योसँगै त्रिकोणात्मक सिरिजमा नेपालसहित क्यानडा र ओमानले आफ्ना २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन्। अब आज सिरिजको अर्को खेलमा नेपाल र क्यानडा खेल्दै छन्।
प्रतिक्रिया
Facebook Comment