राज्य व्यवस्था समितिको बैठकः विपत्को पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा जनधनको क्षति

डिसी नेपाल
१५ असोज २०८१ १५:११

काठमाडौं। सांसदहरुले प्राकृतिक विपतको पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको जनाएका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा उनीहरुले मौसम पूर्वानुमान अनुसार ठूलो बर्षा हुन सक्ने आंकलन भएपनि त्यस अनुसारको पूर्वतयारी र उद्दारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको बताएका हुन्।

बैठकमा सांसद गगन कुमार थापाले पूर्वतयारी र उद्दारका काममा भएका आलोचनालाई स्वीकार गर्दै उद्दार र राहतका कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिनुभयो । विपद्का बेला सरोकारवाला निकायका प्रमुखहरुले प्रभावकारी भूमिका खेल्न नसकेको उहाको भनाइ छ।

थापाले रात्रीबस सञ्चालन नगर्ने निर्णय हुँदाहुँदै पनि सञ्चालन गरेकाले झ्याप्लेखोलामा ठूलो विपत भएको भन्दै यसको छानविन हुनुपर्ने माग गरे।

त्यस्तै रास्वपा सभापति रवि लामिछानले विपतको पूर्वतयारी राम्रोसंग हुन नसकेको र विपद्पछि राजमार्गमा अलपत्र नागरिकको सहज ढंगले उद्दार हुन नसकेको आरोप लगाए।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले काठमाडौंमा नै उद्दारको काम निकै ढिलाई नभएको र क्षति धेरै भएको बताए। बाटो अवरुद्ध भएका बेला हवाई भाडा निकै महङ्गो भएकाले यसलाई नियन्त्रण गर्न उहाले सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै अन्य सांसदहरुले तीनै तहका सरकारको ध्यान राहत, पुनस्र्थापना र उद्दामा केन्द्रीत हुनुपर्ने, पिडितलाई छिटो सहयोग गर्नुपर्ने धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *