बंगलादेशले भारतसहित ५ देशबाट आफ्ना उच्चायुक्त फिर्ता बोलायो

डिसी नेपाल
१७ असोज २०८१ १३:५८

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ। उनीहरुलाई ढाका फर्कन भनिएको छ ।

भारतबाहेक अष्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको छ।

पछिल्लो समय भारतको छिमेकी देश बंगलादेशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । केही हप्ताको आन्दोलनपछि यहाँ नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।

आन्दोलनका बीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएर देश छाड्नुपरेको थियो । उनी भारत आएकी थिइन् ।

यसअघि बंगलादेशले आफ्नो उच्चायुक्त सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो ।

हालै अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस पनि अमेरिका भ्रमणमा गएका थिए ।

यहाँ उनले अमेरिका, पाकिस्तानलगायत धेरै देशका राष्ट्रप्रमुखसँग पनि भेट गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *