ट्रम्पका उपराष्ट्रपति उम्मेदवारले चुनाबअघिको बहस जिते

डिसी नेपाल
१७ असोज २०८१ १४:४७

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावअघि बुधबार उपराष्ट्रपतिका उम्मेदवारहरूबीच बहस भएको थियो । डेमोक्रेटिक उम्मेदवार टिम वाल्ज र रिपब्लिकन उम्मेदवार जेडी भान्सले ९० मिनेटसम्म बहस गरेका थिए । बहस सीबीएस न्यूजले आयोजना गरेको थियो।

बहसपछि गरिएको सर्वेक्षणमा डोनाल्ड ट्रम्पका सहकर्मी उम्मेदवार जेडी भान्स विजयी घोषित भएका छन् । सीबीएस युगभ पोलका अनुसार ४२ प्रतिशत मानिसहरूले भान्सलाई बहसको विजेता मानेका छन्। ४१ प्रतिशत मानिसहरूले टिम वाल्जले जितेको विश्वास गरे । १७ प्रतिशत मानिसहरूले प्रतियोगिता ड्र हो भनेर विश्वास गरे।

बीबीसीका अनुसार वाल्जको सुरुवात राम्रो भएन तर पछि उनले राम्रो कमब्याक गरे । धेरै विज्ञहरूले रिपब्लिकन उम्मेद्वार भान्सले सरल शब्दहरूमा आफ्नो विचार व्यक्त गरेको बताए । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति पदका लागि चुनाव हुँदैछ ।

दुवै प्रमुख दलको यो अन्तिम बहस थियो । राष्ट्रपति पदका लागि हालसम्म दुईवटा बहस भइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन पहिलो बहसपछि दौडबाट बाहिरिएका थिए। उनको ठाउँमा उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पसँगको दोस्रो बहसमा भाग लिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *