माथि इरानले हानेका मिसाइल उडिरहँदा तल बिहे गर्ने जोडी चर्चामा

डिसी नेपाल
१७ असोज २०८१ १५:५८

काठमाडौं । आजको युगमा युद्ध भूमिमा मात्र लडिँदैन, यसको दायरा पनि बढिरहेको छ । धेरै पटक शत्रुको मनोबल घटाउन प्रचारको प्रयोग गरिन्छ। धेरै पटक सामाजिक सञ्जाललाई युद्धको हतियारको रूपमा प्रयोग गरिन्छ। इरान र इजरायलबीचको तनावको यो माहौलमा सामाजिक सञ्जालमा पनि यस्तै केही देखिएको छ ।

मंगलबार राति इरानले इजरायलमा सयौं मिसाइल प्रहार गरेपछि इजरायलले बदला लिने कुरा गरेको थियो। यद्यपी इजरायलले यस आक्रमणबाट कुनै पनि मानवीय वा सम्पत्तिको क्षति नभएको जनाएको छ ।

यसैबीच सामाजिक सञ्जालमा केही तस्विर भाइरल भइरहेका छन्, जसमा आकाशमा मिसाइल देखिएका छन् र मानिसहरु विवाह पनि गरिरहेका छन् । यो दृश्य आतिशबाजीको बीचमा विवाह भइरहेको जस्तो देखिन्छ। यद्यपि यी तस्बिरहरू कहिले खिचिएका थिए र वास्तवमा यो युद्धका बेला खिचिएका हुन् कि होइनन् भन्ने स्पष्ट छैन।

सामाजिक सञ्जालमा भाइरल भइरहेका यी तस्विरहरूमा यो यहूदी जोडीले विवाह गरिरहेको दाबी गरिएको छ । तस्बिरसँगै लेखिएको छ, ‘यो इजरायली दम्पतीले भने- हाम्रो विवाहको दिन इरानी मिसाइलले आकाश सजाएको थियो ।’

यसबाहेक अर्को एउटा तस्विर भाइरल भइरहेको छ, जसमा सयौं इरानी मिसाइलले पनि यस यहूदी जोडीको विवाह रोक्न नसकेको बताइएको छ । मिसाइल आक्रमणको खतरा हुँदा उनीहरुको विवाह समारोह सुरक्षित कोठामा भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *