महिला भलिबल लिगमा आज अन्तिम चरणका खेल हुँदै

डिसी नेपाल
१८ असोज २०८१ ९:१५

काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज लिग चरणका अन्तिम खेल हुँदै छन् ।

लिगमा ४-४ खेल सम्पन्न हुदा कर्णाली यशविस शिर्ष स्थानमा रहेको छ । कर्णाली ४ खेलमा अपराजित रहदै १० अंक हासिल गरेको छ । त्यस्तै काठमाडौँ स्पाइकर्स ४ खेलमा ३ जित र एक हारसहित ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी चितवन शक्ति ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै तेस्रो र ललितपुर क्वीन्स ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै फाइनलको दौडबाट बाहिरिएको गण्डकी थण्डर्सको ४ खेलमा एक जित र ३ हारसहित केवल ३ अंक छ भने मधेश युनाइटेडले ४ खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।

अब आज लिग चरणको अन्तिम खेलमा शिर्ष स्थानमा रहेको कर्णाली र दोस्रो स्थानमा रहेको काठमाडौँ भिड्दै छन् । यो खेलको विजेता फाइनलमा पुग्ने निश्चित छ । यो खेल राति ७ : ४५ बजेदेखि शुरु हुने छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको ललितपुर क्वीन्स र चौथो स्थानमा रहेको चितवन शक्तिबीच आजको पहिलो खेल हुँदै छ । यो खेल अपराहन्न ३: ४५ बजेदेखि शुरु हुँदै छ ।

त्यसैगरी आजको दोस्रो खेल मधेश युनाइटेड र गण्डकी थण्डर्सबीच हुँदै छ । यो खेल अपरान्ह ५: ४५ बजेदेखि शरू हुने छ । दुवै फाइनलको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फाइनलको समीकरणमा कुनै असर गर्ने छैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *