मोवाइल नेटवर्कको समस्या समाधान गर्न मन्त्री गुरुङलाई रास्वपा उपसभापतिको ध्यानाकर्षण

डिसी नेपाल
१८ असोज २०८१ १३:४९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार उपसभापति अर्यालले हालैको विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण विशेषतः चाडपर्वका बेला आवत–जावत गर्ने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *