एसिया रग्बीमा नेपाल पराजित

डिसी नेपाल
१८ असोज २०८१ १८:४७

काठमाडौं। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७–२७ को स्कोरमा पराजित भएको हो।

प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो। यसअघि भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ०–२४ को स्कोरले पराजित भएको थियो।

यस्तै आजै भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको छ। चाइनिज ताईपेइले अफगानिस्तालाई २६–७ को स्कोरमा पराजित गर्‍यो।

त्यस्तै पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो भने जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो।

भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बंगलादेश, चाइनिज ताईपेइ र श्रीलंका रहेका छन्। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।

यसैगरी आजै भएको महिलातर्फको खेलमा नेपाल ग्वामसँग ५–१७ को स्कोरमा पारजित भएको छ। यो नेपालको दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ३२–० को स्कोरमा पराजित भएको थियो। महिलातर्फ आयोजक नेपालसहित, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसिया सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *