दाउन्ने सडक एकतर्फी खुल्यो

डिसी नेपाल
१९ असोज २०८१ ११:२६

नवलपरासी। शुक्रबार साँझदेखि अवरुद्ध रहेको दाउन्ने सडकएकतर्फी संचालन भएको छ।

जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि अवरुद्ध रहेको सडक विहान साढे ९ बजेदेखि देखि एकतर्फी सुचारी भएको हो।

प्रहरीले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताएको छ। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको छ।

शुक्रबार साझँ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो। राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारीको ठूलो जाम लागेको छ। एकतर्फी मात्र सडक संचालन भएकोले रोकिएको जाम खुल्न घन्टौं लाग्ने देखिएको छ।

यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो। दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ।

चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *