महिला टी-२० विश्वकप: डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको विजयी शुरुवात

डिसी नेपाल
१९ असोज २०८१ १९:०५

काठमाडौं। जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ।

शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले परजित गरेको हो।

श्रीलंकाले दिएको केवल ९४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो।

अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार न्यूजिल्याण्डसँग खेल्ने छ भने श्रीलंकाले बुधबार भारतसँग खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *