साउथहम्पटनमाथि आर्सनलको सहज जित

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए। त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले एक गोल गरेका थिए।
यो जितपछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी साउथहम्पटनको भने यस सिजनमा यो छैटौं हार हो। ७ खेलमा एक अंकसहित साउथहम्पटन १९औं स्थानमा छ।
प्रतिक्रिया
Facebook Comment