बुबाको नाममा छोरीले ल्याइन् ‘चितवन शिखरबासको स्मृतिबिम्ब’

डिसी नेपाल
२० असोज २०८१ ८:३१

काठमाडौं। वरिष्ठ आख्यानकार डा. ध्रुबचन्द्र गौतमले आज काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गरेका छन ।

त्यसअवसरमा उनले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताए । प्रमुख अथिति डा. गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उनकाे सृजनाका कारण सधैँ जिवित रहि रहनेसमेत बताए ।

पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहरु प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्ने पनि उनले जनाएका छन् । विमोचित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्रा.डा. शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र समाजिक रुपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताए । कवि तथा समीक्षक हरि अधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मानयोग्य रहेको बताए ।

विमोचन गरिएको चितवन शिखरबास स्मृतिबिम्ब साहित्यकार निरुपा प्रसुनले सम्पादन गरेकी हुन् । चितवन शिखरबासकी उनी कान्छी सुपुत्री हुन् । कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको संगम भेटिने बताए ।

कृतिका सम्पादक तथा कार्यक्रमका सभापति लेखक निरुपा प्रसुनले आफ्ना पिता चितवन शिखरबासका बारेमा विविध स्मंरणहरु सुनाएकी थिइन । चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उनीमाथि लेखेका लेख र स्मंरणहरु समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिएका चितवन शिखरबासको २०७६ सालमा निधन भएको थियो । उनका कथा कविताका एक दर्जनभन्दा बढि कृति प्रकाशित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *