लेबनानमा २५० हिजबुल्लाह लडाकू मारेको इजरायली सेनाको दाबी

डिसी नेपाल
२० असोज २०८१ १२:५३

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विगत चार दिनमा २५० हिजबुल्लाह लडाकुलाई मारेको दाबी गरेको छ । साथै यस कारबाहीमा थप दुई जना आइडीएफ सैनिकको पनि मृत्यु भएको छ ।

मारिनेमा २१ जना हिजबुल्लाह कमाण्डर रहेको आइडीएफले जनाएको छ । यससँगै आइडीएफले २ हजार सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ ।

इजरायली सेनाले आफ्नो कारबाही दक्षिणी लेबनानमा केन्द्रित रहेको बताएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हिज्बुल्लाहका सम्भावित शीर्ष नेता हाशिम सफीद्दीन पनि रातभर लेबनानमा इजरायली हवाई हमलामा मारिएका छन् ।

यद्यपि, यो अहिलेसम्म पुष्टि भएको छैन र सफीद्दीनको अवस्थाको बारेमा कुनै जानकारी उपलब्ध छैन।

आइडीएफले शुक्रबार फ्रन्टलाइनमा आफ्ना दुई सैनिक मारिएको र दुई जना घाइते भएको बताएको छ।

यसअघि इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ सैनिक मारिएको बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *