किड क्विन नेपाल २०२४ का सहभागीहरुद्वारा प्रतिभा प्रदर्शन

डिसी नेपाल
२० असोज २०८१ १२:५५

काठमाडौं। नेवार सुन्दरीहरूबीचको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरुको अर्को प्रतियोगिता किड क्विन नेपाल २०२४ का सहभागीहरुले आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेका छन्।

आगामी कात्तिक १० गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने १९औं संस्करणको किड क्वीन नेपालका प्रतिस्पर्धीले शनिवार होटल एल्लो प्यागोडामा आयोजित ट्यालेन्ट शोमा आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन्।

प्रतियोगितामा सामेल ९ देखि १४ वर्षसम्मका ४० प्रतिभावान् बालिकाहरुले ट्यालेन्ट उपाधिका लागि आयोजित ट्यालेन्ट शोमा अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता आफुमा लुकेको प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पारेका थिए।

ट्यालेन्ट शोमा अजना आचार्य, रुमी खड्गी, पलिस्था महर्जन, सुवाना लोहनी, जीयना रसाइली, सारिका सिटौला, सृष्टी रञ्जितकार, सेरीना गुरुङ, सफलता श्रेष्ठ, शिभ्याना सिंह, सुधा तामाङ, प्रसुति घिमिरे, हन्सिका महर्जन, रिन्छेन लामा, तिसा महर्जन, सृष्टी विष्ट, अनन्या खड्का, काव्या शिवाकोटी, दिलासा अमात्य, भाग्यश्री खड्का, सुमन महर्जन, प्रान्जु श्रेष्ठ, युनिका तेवा, ऋतु लोहनी, सोनिशा अधिकारी, प्रान्सी अधिकारी, प्रासिका अधिकारी, सिचु महर्जन, जेसिका श्रेष्ठ, रचेल कटुवाल, परी श्रेष्ठ, श्रीषा श्रेष्ठ, नसिका ठकुरी, सुमिरन पुडासैनी, सोना गुरुङ, सविता केसी, सुदीक्षा श्रेष्ठ, युनिशा गोदार र एन्जेलिना नगरकोटीले विभिन्न विधामा आफ्नार प्रस्तुति प्रस्तुत गरेका थिए।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, समाजसेवी सोवित उप्रेतीको प्रमूख आतिथ्यता तथा वरिष्ठ अभिनेता मदनदास श्रेष्ठ, महिला इन्टरपेनर सरिता देवी श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं शेषमतीका प्रेसिडेन्ट दिलकुमार महर्जन, नेपाल क्यान्सर रिलीफ सोसाइटी काठमाडौं शाखाका प्रमूख श्रीकृष्ण महर्जन, किड क्वीन नेपाल २०२२ इरिना महर्जन र समाजसेवी मदनकुमार जोशीको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट शोमा यशओ. नेवाका अध्यक्ष डा.शिक्षिता श्रेष्ठ, नमुना कलेजका सहायक प्रधान अध्यापक जिवेश्वोरलाल श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, संगीतकार नरहरि प्रेमी, ड्रेस डिजाइनर शोभा महर्जन, ब्युटिसियन मन्जु कार्की पाण्डे र पत्रकार अरुणा भट्टराई निर्णायक रहेका थिए।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ। प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन्।

प्रतियोगीलाई फिनालेको तयारीका लागि विभिन्न विषयको तालिम र प्रशिक्षण दिइएको आयोजकले जानकारी दिएका छन्। प्रतियोगिता मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमीला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *