बीटीएफद्वारा निरन्तर चिकित्सा शिक्षा मान्यता प्राप्त विश्वकै पहिलो गेमिङ एप ‘अन्कोब्लास्ट’ सार्वजनिक

डिसी नेपाल
२१ असोज २०८१ ९:४५

अमेरिका- बिनयतारा फाउन्डेसन (बीटीएफ)ले निरन्तर चिकित्सा शिक्षा (सीएमई) मान्यता प्राप्त विश्वकै पहिलो गेमिङ एप ‘अन्कोब्लास्ट’ (https://oncoblast.app/) सार्वजनिक गरेको छ। अर्बुद रोग (क्यान्सर)को उपचारमा संलग्न स्वास्थ्य जनशक्तिप्रति लक्षित उक्त एपले क्यान्सर रोग सम्बन्धी अद्यावधिक शिक्षालाई रमाइलो तरिकाले प्रदान गर्दै निरन्तर चिकित्सा शिक्षा (सीएमई) प्राप्त गर्न सघाउने फाउन्डेसनका अध्यक्ष डा विनय शाहले जानकारी दिएका छन्।

अन्कोब्लास्टमा वरिष्ठ क्यान्सर विशेषज्ञ तथा चिकित्सकहरुले पुनरावलोकन गरेका विभिन्न प्रकारका क्यान्सरबारेका सामग्रीहरु समावेश गरिएको उनले बताए। हरेक कोर्समा सही चिकित्सकीय तथ्यांकका साथै क्यान्सर सम्बन्धी हालसालै विकास भएका क्लिनिकल उपचार तथा हेरचाह पद्धतिबारे जानकारी दिइएको फाउन्डेसनले जारी गरेको प्रेस विज्ञप्तिसमा भनिएको छ।

फाउन्डेसनका अध्यक्ष डा शाहले भनेका छन्, ‘एउटा सपना पूरा भएको छ।’ आफूलाई उक्त उपाय यात्रामा क्रममा क्यान्डीक्रस खेलिरहेकी एक सहयात्री महिलाबाट सुझेको बताए।

उनले भने, ‘एक पटक म एउटा उडानमा रहंदा मेरो छेउमा बसेकी एक यात्रु आफ्नो फोनमा निकै व्यस्त थिइन्। मैले उनलाई तपाईं के मा व्यस्त ? भनेर सोधें, उनले भनिन् ‘क्यान्डीक्रस खेल्न।’ त्यसै बेला मैले सोचें – क्यान्सरबारे जानकारी दिने यस्तै एप बनाउन पाए कस्तो हुन्थ्यो?’

अन्कोब्लास्ट एउटा गेमिङ एप मात्रै होइन, यसबाट क्यान्सर सम्बन्धी शिक्षा प्राप्त गर्ने प्रविधिलाई सबैको पहुँचमा पुर्या उन सकिने उनले बताए। ‘यो एपले एउटा रोचक खेलको रुपमा सिकाइ प्रक्रियालाई प्रस्तुत गरेर साथै पछिल्लो मेडिकल डेटा र विशेषज्ञहरुसंग पहुँच उपलब्ध गराएर स्वास्थ्यकर्मीहरुलाई आफ्ना बिरामीहरुलाई सर्वोत्कृष्ट उपचार र हेरचाह उपलब्ध गराउन आफ्नो ज्ञान विस्तार गर्न अवसर उपलब्ध गराएको छ,’ उनले भने।

अनुसन्धानले गेममा आधारित शैक्षिक गतिविधिले प्रयोगकर्ताको सिकाइ वृद्धि तथा ज्ञान संचयका साथै विद्यार्थीले सकारात्मक अनुभव प्राप्त हुने देखाएको फाउन्डेसनले जनाएको छ। अन्कोब्लाष्ट प्ले स्टोर र आइओएस दुवैबाट डाउनलोड गर्न सकिन्छ।

‘बिनयतारा फाउन्डेशन विश्वभरिका स्वास्थ्य सेवामा संलग्न प्रोफेसनल्सहरुलाई नवप्रवर्तनमा आधारित शैक्षिक उपकरण तथा अवसर उपलब्ध गराएर स्वास्थ्य सेवामा सुधार ल्याउन प्रतिबद्ध छ,’ डा शाहले भने, ‘अन्कोब्लास्ट’ले क्यान्सरसँग सम्बन्धित निरन्तर चिकित्सा शिक्षा (सीएमइ) को क्षेत्रमा यसभन्दा पहिले कहिल्यै उपलब्ध नभएको रोचक ढंगले विश्वव्यापी पहुँच प्रदान गर्दछ।’

गेमिङ एप अन्कोब्लास्टका प्रमुख विशेषताहरु:
रोचक खेल खेल्दै ज्ञान हासिल: सहभागीहरुले रोचक साथै ज्ञान प्राप्त हुने खेलका विभिन्न चरणमा आफू र आफ्ना साथीहरुलाई चुनौती दिन सक्छन्।
प्रगतिको लेखाजोखा: यो एपमा हरेक साता नयाँ प्रश्नहरु आउने हुनाले ताजा सिकाइका लागि अवसर प्राप्त हुन्छ र प्रयोगकर्ताले नियमितरुपमा आफ्नो प्रगतिको लेखाजोखा गर्न सक्छन्।

ग्लोबल लिडरबोर्ड: ग्लोबल लिडरबोर्डमा गएर तपाईंले अरु चिकित्सकहरु र स्वास्थ्यसेवा प्रदायकहरुसंग आफ्नो ज्ञानको तुलना गर्दै अमेरिका तथा विश्वभर रहेका संस्थाहरुसँग तुलना गर्न सकिन्छ।

सीएमइ क्रेडिट: कोर्स पूरा भए पछि प्रयोगकर्ताले एमओसी प्वाइन्ट्स वा एएमए पीआरए क्याटागोरी १ क्रेडिट वा दुवै प्राप्त गर्न सक्छन्। कोर्स पुरा गरेपछि कोर्स पूरा भएको प्रमाणपत्रको पीडीएफ फाइल डाउनलोड गर्न सकिनेछ।

फेलोशिप बोर्डको तयारी: बोर्ड जाँचको तयारी गर्दा आफ्नो ज्ञानलाई तिखार्न यसको सहयोग लिन सकिन्छ।

नेटवर्किङको अवसर: तपाईंले अन्य प्रयोगकर्ताहरुसँग सम्पर्क गर्न सकिन्छ र बिनयतारा फाउन्डेसनले आयोजना गर्ने भावी सम्मेलनहरुमा उनीहरुसँग भेटघाट गरेर आफ्नो व्यवसायिक सञ्जाल विस्तार गर्न सकिन्छ।

विश्व स्वास्थ्य परियोजनाहरु: बिनयतारा फाउन्डेसनका विश्व स्वास्थ्य परियोजनाहरुमा सहभागी भएर नेपाल तथा एसियामा अत्याधुनिक क्यान्सर उपचारमा सहभागी भइ प्रत्यक्ष प्रभाव पार्न सकिन्छ।

सम्मेलनमा पहुँच: आफू रहेको शहर नजिकै आयोजना गरिने हेमाटोलोजी अन्कोलोजी सम्मेलनहरुमा सहभागीका रुपमा सिधै दर्ता गरी सम्पूर्ण पहुँच पाउन सकिन्छ ।

हरेक साता सामग्री अद्यावधिक गरिने : प्रयोगकर्ताहरुले क्यान्सर उपचारमा भइरहेका अद्यावधिक प्रगतिबारे नियमित जानकारी प्राप्त गर्ने अवसर पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *