सुनचाँदीको मूल्यमा गिरावट

डिसी नेपाल
२१ असोज २०८१ ११:५२

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *