बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ जनाको मृत्यु

डिसी नेपाल
२१ असोज २०८१ १४:१९

काठमाडौं। बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन्।

मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौं उपत्यकाका ७० जना रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ।

त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *