दसैंमा पनि वर्षाको सम्भावना

डिसी नेपाल
२१ असोज २०८१ १५:२६

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन्।

“यसपटक मनसुन बाहिरिने समय र दसैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दसँैमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *