अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

डिसी नेपाल
२१ असोज २०८१ १६:१८

पर्सा । वीरगंज महानगरपालिका-१४ गण्डक चेकपोष्टबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ५० ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-१० बिशाल टोल बस्ने २७ वर्षीय समिर तमाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ००३५ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ७ हजार ८ सय ६० ट्याब्लेट र स्पास्मो ८ हजार ४ सय ३० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी नगरपालिका-८ घर भएका ३१ वर्षीय भेडा भन्‍ने सुरज गुरूङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-२० चनौली बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र मोबाइल १ थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-२६ ज्योतिनगर बस्ने २३ वर्षीय सन्तोष राई र २५ वर्षीय नबिन विक रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ झलारी बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *