महिला टी-२० विश्वकपमा इङ्ल्याण्डको लगातार दोस्रो जित

डिसी नेपाल
२२ असोज २०८१ ७:४१

काठमाडौं। जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

सोमबार राति सम्पन्न खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो।

दक्षिण अफ्रीकाले दिएको १२५ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो।

योसँगै इङल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समूह बी मा २ खेलमा ४ अंक भएको छ।

त्यस्तै पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *