विपिनको फोन गाजामा भेटियो, हमासको नियन्त्रणमा रहेको बीबीसीको दाबी

डिसी नेपाल
२२ असोज २०८१ १४:२४

काठमाडौं। नेपालका विपिन जोशी अहिले पनि हमासको नियन्त्रणमा रहेको बीबीसीले उल्लेख गरेको छ।

बिबिसीले इजरायलमाथि हमासले गरेको आक्रमणको सोमबार एक वर्ष पूरा भएको अवसरमा अहिले पनि हमासको नियन्त्रणमा रहेका विदेशी नागरिकको सूचीमा विपिनको नाम पनि समावेश गरेको छ।

इजरायल सरकारका अनुसार गत ७ अक्टुबरमा हमासले २ सय ५१ जना इजरायली र विदेशी नागरिकलाई बन्धक बनाएको थियो। बीबीसीका अनुसार हालसम्म ९७ जनामध्ये विपिन पनि हमासको नियन्त्रणमा रहेको उल्लेख गरेको छ।

बीबीसीका अनुसार २३ वर्षीय विपिनलाई इजरायलको किबुत्ज अलुमिमबाट हमासले बन्धक बनाएका थिए। विपिनका परिवारलाई इजरायली इन्टेलीजेन्सले यसबारे पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ र उनको फोन गाजामा फेला परेको पनि बताइएको छ।

कृषि अध्ययनका लागि विपिन इजरायल गएका १० जना नेपालीको भने हमासले हत्या गरेको थियो। तर, विपिनको अवस्थाबारे भने हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको नसकेपनि बिबिसीको रिपोर्टमा भने उनी अहिले पनि हमासको नियन्त्रणमा रहेको उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *