उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण

डिसी नेपाल
२३ असोज २०८१ १३:०९

काठमाडौं। उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन् ।

कुलमानलाई उनको कामको मुल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरी बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरीद टेण्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै टकरावमा उत्रिएका कुलमान घिसिङलाई हटाउने उदेश्यले यो स्पष्टिकरण सोधिएको बुझिएको छ । बक्यौता नतिरेका उद्योगको लाइन काटेपछि प्रधानमन्त्रीले लाइन खोल्न दिएको दिएको निर्देशन कुलमानले नमानेपछि विवाद बढेको थियो ।

कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको छ र माओवादी केन्द्रले नै आफ्नो सरकार भएको समयमा उनलाई नियुक्ति गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *