संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको छ : प्रचण्ड

डिसी नेपाल
२३ असोज २०८१ १६:०९

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका छन्।

बुधबार काठमाडौंका सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले केहीलाई संविधानको उपलव्धी र परिवर्तन मन नपरेको भन्दै संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका हुन्। आफू नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउनुको उद्देश्य संविधान संशोधन नै हो भन्ने आफूलाई नलागेको उनले बताए।

आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको भन्दै प्रचण्डले परिवर्तनबिरुद्ध हुने संशोधन भने स्वीकार्य नभएको जिकिर गरे। उनले अहिले देश निकै अप्ठेरो अवस्थामा रहेकाले राष्ट्रिय सहमतिको साथ अघि बढ्नुपर्ने पनि बताए।

त्यस्तै प्रचण्डले बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोश्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गरे। सहकारी छानविन समितिको प्रतिवेदन आइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै उनले सरकारले कार्यान्वयन गर्न नचाहेको जिकिर गरे।

अध्यक्ष प्रचण्डले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तीत्व नै हराउने देखिएकाले अव एक्लै चूनाव लड्ने गरि तयारी गरिरहेको दाबी गरे।

उनले हालैको प्राकृतिक विपदमा सरकार तयारी कमजोर भएकाले धेरै धनजनको क्षति भएको बताए। अहिले सरकारलाई गाली गर्ने भन्दा पनि सवै मिलेर संकटको सामना गर्नुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *