धमाधम उपत्यका छोड्दै सर्वसाधारण

डिसी नेपाल
२३ असोज २०८१ १६:२४

काठमाडाैं। बडादशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या फुलपातीको अघिल्लो दिनसम्म पनि धेरै देखिएको छ।

काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर लगाएतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो। उपत्यकाका बिभिन्न नाकाबाट अन्य दिनको तुलनामा मंगलबार र बुधबार धेरै सर्वसाधारण बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

दैनिक एक लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्दा दैनिक करिव ३० हजार सर्वसाधारण उपत्यका भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली-हेटौंडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

मंगलबार, बुधबार र बिहीबार धेरै संख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुसार गरिएको कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले बताए।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका दिन पनि यात्रा गर्न सकिने जनाएको छ। सार्वजनिक सवारी नियमित रूपमा सञ्चालन हुने भएकाले लामो तथा छोटो दूरीका सवारी सञ्चालन हुने महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । बसहरू नियमित रुट र क्यु फ्रीमा सञ्चालन हुने छन्।

असोज २४ गते फूलपातीका दिनसम्म यात्रुको चाप हुने भएकाले थप गाडी सञ्चालन गरिएको छ तर सडक भत्किएकाले समयमा काठमाडौँ आउनुपर्ने सवारी आउन नसक्दा व्यवस्थापनमा कठिनाइ भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए।

उनले भने, “सडकको अवस्था विजोग छ। आउनुपर्ने गाडी समयमै आउन सकेका छैनन् । गाडी थपेर सेवा प्रवाह भइरहेको छ । काठमाडौँबाट जाँदा सिटफुल भए पनि आउँदा रित्तै आउनु पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *