बालेनको टिप्पणी-देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

डिसी नेपाल
२३ असोज २०८१ १६:५१

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन्।

पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै बालेनले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै असक्तहरुलाई नि:शुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

उनले भनेका छन्-

नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि समितिले महानगरलाई धर्मशाला तथा असक्तहरुलाइ नि: सुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समाजको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समाजबाट पो रहेछ। अनि हामी चाहिँ देश प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *