राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

डिसी नेपाल
२३ असोज २०८१ २०:४७

काठमाडौं। वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता हुने भएको छ।

आगामी कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स/डबल्स विधामा प्रतिस्पर्धा हुनेछन्। त्यसैगरी जुनियरतर्फ यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ र खुला डबल्स विधामा प्रतिस्पर्धा हुनेछन्। उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ४२ लाख लाग्ने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *