जाजरकोट दरबारमा खड्ग देवतासहितको फूलपाती भित्र्याउने तयारी
जाजरकोट। २६ वर्षपछि जाजरकोट दरबारमा पुरानो राजधानी जगतिपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा भित्र्याउने तयारी हुँदैछ ।
जाजरकोट राज्यको प्रतीक मानिएको खड्ग देवतालाई दसैंको सप्तमीमा जगतिपुरबाट भित्र्याउने चलन २०५५ सालमा सशस्त्र द्वन्द्वका कारण बन्द भएकोमा फेरि स्थानीय सरोकारवालको पहलमा बिहीबार जगतिपुरबाट भित्र्याएको छ ।
प्रतिक्रिया
Facebook Comment