धनकुटामा फूलपाति बढाई गरियाे

डिसी नेपाल
२४ असोज २०८१ १४:३४

धनकुटामा फूलपाति बढाई गरीएको छ । धनकुटाको निशान भगवती मन्दिरमा फूलपातिको अवसर पारेर मन्दिरबाट डोलिमा निशान बोकेर बजार परिक्रमा गरी त्यस पश्चात टुढिखेलमा विशेस पुजाआज गरी फूलपाति बढाई गरीएको हो ।

धनकुटामा वि.स. १८३१ सालदेखि यसरीनै फूलपाति बढाई गरीदै आएको छ । झाकिसहित निशानदेवीमा असोक, केरा जयन्ती, हलेदो वेलपत्र, धान, सामा, दारीम र माने लगायतका विभिन्न नौ पकारका वनस्पतिका साथ डोलिमा राखेर विषेश पुजा गर्ने चलन रहेको छ ।

प्रशासक, राजनितिकर्मी, सञ्चारकर्मी, नागरीक समाज््, स्थानिय लगायत विभिन्न गाउँबाट पनि फूलपाति बढाई हेर्न आउनेहरुको बाक्लो भिड लागेको थियो । फूलपाति बढाईमा नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले सलामी दिएका थिए ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने गर्ने गरिन्छ ।

घटस्थापनाको दिन विधिपूर्वक धान, जौं, मकैको जमरा राखिएको उक्त जमरा दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा समेत वितरण ग्रहण गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *