गोरखा दरबारको दशैंघरमा फूलपाती भित्र्याइयो

डिसी नेपाल
२४ असोज २०८१ १८:३२

गोरखा। गोरखा दरबारस्थित दशैंघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ। साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।

आज गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दशैंघरमा भ्यिाइएको उनले बताए।

गोरखा दरबारका सुसारेले जंगलबाट जम्मा गरेको फूलपाती लिन दशैंघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासीलगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए।

‘‘गए राति जंगलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दशैंघरमा भ्यिाइएको हो”, मूलपुजारी भट्टराईले भने।

फूलपाती भ्यिाउनु पूर्व गोरखा दरबारदेखि मंगलिनीहरूले मंगल गीत र मालश्री राग गाउँदै बन्दुकेहरूले हर्ष बढाइँ गर्दै र भारवाहकहरू फूलपानी पर्सने सिडीसम्म पुगेका थिए। गोरखा दरबारको सिडीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भ्यिाउने प्रचलन रहँदै आएको मूलपुजारी भट्टराईले बताए।

गोरखा दरबारमा हरेक वर्ष रवानबाट पश्चिम क्षेत्रका डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा दरबारको दशैंघरमा फूलपाती भ्यिाउने गरिन्छ। यसअघि आज बिहान गोरखा दरबारको दशैंघरबाट काठमाडौंको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *