नेपाल कीर्गिस्तानसँग पराजित

डिसी नेपाल
२४ असोज २०८१ २२:३९

काठमाडौं। श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ।

श्रीलंकाको कोलम्बोमा भर्खरै सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो। सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट नेपालले आफनो पक्षमा पार्यो। नेपालले २५–२१, २५–२२ ले जित्यो। तर खेलको अन्तिम तथा निर्णायक सेटमा भने नेपाल कीर्गिस्तानसँग १७–१९ ले पछि पर्यो र अन्तत नेपालले हार व्यहोरयो।

नेपालले चार खेलमा सात अंक जोडेको छ। यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार व्यहोरेको थियो। यता कीर्गिस्तानको चार खेलबाट चार अंक छ। यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय व्यहोरेको कीर्गिस्तानले श्रीलंकाविरुद्ध ३–२ सेटको जित निकालेको थियो।

अब नेपालले लिग चरणको आफनो अन्तिम खेलमा भोलि तुर्केमेनिस्तासँग खेल्नेछ। प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तान सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *