तलेजु भवानी मन्दिरमा भक्तजनको भिड

डिसी नेपाल
२५ असोज २०८१ १०:४१

काठमाडौँ । काठमाडौँ हनुमानढोका दरवार क्षेत्रमा रहेको बडादसैँको नवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा पूजा तथा दर्शन गर्न आएका भक्तजन भिड लागेको छ। ।

तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ।

हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्।

सर्वसाधारणका लागि दसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ ।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *