जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

धनुषाधाम। जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ ।
मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिवार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ ।
रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए।
प्रतिक्रिया
Facebook Comment