दैलेखमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख । दैलेखमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति दैलेखबाट छुटेको हाइस डुगेश्वरमा बास बसेको थियो । दुल्लु नगरपालिकाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको हाइस दुर्घटना भएको हो ।
हाइस एक्कासी पल्टिएर दुर्घटना हुँदा दुल्लु नगरपालिका- १३ का महेन्द्रबहादुर शाहीकोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रह री कार्यालय, दैलेखका अनुसार अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया
Facebook Comment