‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक

डिसी नेपाल
२५ असोज २०८१ १३:४२

काठमाडौं । कात्तिक ३० गते प्रदर्शन हुने सिनेमा ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सिनेमाको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा कथावस्तु र चरित्र चित्रणमा सस्पेन्स र रोमान्स देख्न सकिन्छ । टिजरमा नक्षत्र, ग्रह र भाग्य भएका प्रेममा रहेका जोडीको सम्बन्ध र उनीहरूको जीवनमा आउने उतारचढावलाई देखाइएको छ ।

टिजरमा मुख्य पात्रबाहेक अन्य कलाकारको संवाद छैन । जसले सस्पेन्स क्रिएट गरेको छ । टिजरमा रेखा थापालाई पनि देख्न सकिन्छ । ‘ह्रस्व दीर्घ’मा अभिनेता हरिहर अधिकारी, अभिनेत्री नीता ढुंगाना, विपना थापा, साउथका कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहनको अभिनय छ । सिनेमामा सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झालगायत कलाकारको पनि अभिनय रहेको छ ।

चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको यस सिनेमामा हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । बलिउड छायांकार कवीरलालले खिचेको यो चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने निर्माण पक्षले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *