जुटको मूल्य घट्यो

डिसी नेपाल
२५ असोज २०८१ १५:१२

बिराटनगर। अन्तर्राष्ट्रिय बजारमा जुटको उत्पादनको विक्री घटेका कारण कच्चा जुटको मुल्य घटेर करिब एक सय रुपैयाँ प्रति किलो हाराहारीमा पुगेको छ।

४ वर्षअघि इतिहास मै सबैभन्दा बढी १२७ रुपैयाँ प्रति किलो पुगेको कच्चा जुटको मूल्य गत वर्षघटेर ६० रुपैयाँ सम्म पुगेको थियो।

तयारी जुट सामग्रीको खपत घटेको र जुट सामग्रीको मुख्य बजार भारतमा जुट सामग्रीको मूल्य घटेकाले कच्चा जुटको मूल्य घटेको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए। जुटको मूल्य घटेका कारण कृषकहरुले यसपटक जुट खेती पनि घटाएको उनले बताए।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ६ वटा जुट उद्योगहरु संचालनमा रहेका छन्। जुट सामग्रीको खपत घटेपछि जुट मिलहरुले उत्पादन कटौती गर्न थालेका छन्।

सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरुले आन्तरिक उत्पादनबाट ३० प्रतिशत र बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात गरी तयारी जुट सामग्री भारत निर्यात गर्दै आएको छ।

भारत र बंगलादेशबाट करिब साढे २ अरब रुपैयाँ बराबरको कच्चा जुट आयात गरी करिब ७ अरब रुपैयाँ बराबरको तयारी जुट सामग्री भारत निर्यात गर्ने गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *