टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

डिसी नेपाल
२६ असोज २०८१ ९:४२

काठमाडौं। एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी-रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एआई फिचरसहितको रोबोट ट्याक्सी सार्वजनिक गरेका हुन्।

दुई सिटको स्टेयरिङ र पेडल दुवै नभएको यस ट्याक्सी ३० हजार डलरमा किन्न सकिने बताइएको छ। मस्कले सन् २०२७ अघि साइबर क्याबको उत्पादन सुरु हुने आशा व्यक्त गरेका छन्।

कम्पनीले २० जना बोक्न सक्ने क्षमताको अर्को अटोनोमस गाडी ‘रोबोभन’ पनि सार्बजनिक गरेको छ। यसमा सामान पनि बोक्न सकिन्छ। उदाहरण दिँदै मस्कले यसलाई खेलकुद टोलीको ढुवानीका लागि प्रयोग गर्न सकिने बताएका छन्।

साइबर क्याबका विशेषता:

– साइबर क्याब चलाउन प्रति माइल २० सेन्ट खर्च हुनेछ ।

– यसलाई चार्ज गर्न कुनै पनि प्रकारको प्लगको आवश्यकता पर्दैन, अर्थात् यसमा वायरलेस चार्जिङ प्रदान गरिएको छ ।

– साइबर क्याब एक पूर्ण स्व-चालित इलेक्ट्रिक कार हो, जसमा कुनै स्टेयरिङ ह्वील वा पेडल छैन ।

– क्याबिन एकदम कम्प्याक्ट छ र केवल २ यात्रुहरू बस्न मिल्छ । ड्यासबोर्डमा फ्ल्याट स्क्रिन प्रदान गरिएको छ ।

साइबर क्यापको डिजाइन साइबरट्रकसँग मिल्दोजुल्दो छ । कारको अगाडि पातलो जडान गर्ने एलइडी बत्ती दिइएको छ, जसले डिआरएलको रूपमा काम गर्छ । यसको दुबै छेउमा प्रोजेक्टर हेडल्याम्प प्रदान गरिएको छ । मस्कले सेल्फ ड्राइभिङ टेस्ला ट्याक्सीको फ्लीट विकास गर्ने योजना बनाएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *